काठमाडौँ, ७ माघ । भारतले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मन्त्रायलमा पत्रकार सम्मलेनमार्फत भारतले नेपाललाई कोरोना विरुद्धको खोप दिने जानकारी दिएका हुन् ।
मन्त्री त्रिपाठीले भारतले अनुदानमा दिन लागेको खोप बिहीबार नै काठमाडौँ आउने बताएका छन् । त्यस्तै, कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि आर्थिक, प्राविधिक कानुनी सबै तयारी पुरा भएको पनि मन्त्री त्रिपाठीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस