२ कार्तिक २०८३, सोमबार

करिब २ महिनापछि ज्याक मा मिडियामा देखिए

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ माघ । चिनियाँ अरबपति ज्याक मा युन मिडियामा देखिएका छन् । अलिबाबा कम्पनीका संस्थापक ज्याक करिब २ महिनापछि एकपटक पुनः मिडियामा देखिएका छन् ।

२०१९ को नोभेम्बरको सुरुवातदेखि नै सार्वजनिक कार्यक्रममा नदेखिएका उनी  आफ्नो च्यारिटी फाउन्डेशनको एक अभियानका लागि उनले भिडियो लिङ्कमार्फत् ग्रामिण इलाकाका स्कूलमा काम गरिरहेका शिक्षकसँग उनले कुराकानी गरेका छन् ।

व्यवसाय सुरु गर्नु अघि मा अंग्रेजी भाषाका शिक्षक थिए ।

माको भिडियो चिनियाँ मिडिया ग्लोबल टाइम्सले सोसल मिडियामा पोस्ट गरेको छ ।

ग्लोबल टाइम्सले भिडियो सेयर गर्दै लेखेको छ, ‘हालै वित्तिय नियामकले अलिबाबा कम्पनीको विषयमा अनुसन्धान सुरु गरेका थिए, तत्पश्चात् पहिलोपटक अलिबाबा मिडियामा देखिएका छन् ।’

आम मानिस तथा कतिपय अन्तर्राष्ट्रिय मिडियाले उनी हराइरहेका हुन् कि भन्ने आंकलन गरेका थिए ।