२ कार्तिक २०८३, सोमबार

कुवेतमा सरकार विघटन, प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिए राजीनामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुवेत सिटी, ६ माघ । कुवेतको सरकार विघटन भएको छ ।

प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले दिएको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेसँगै सरकार विघटन भएको हो ।

प्रधानमन्त्री सबाहले यही जनवरी १३ मा कुवेती राजा समक्ष राजीनामा बुझाएको र त्यसलाई स्वीकृति दिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । साथै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएको बताइएको छ ।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिएको प्रधानमन्त्री अल सबाहले मन्त्रीपरिषद् बैठकमा जानकारी गराएका थिए । अल सबाहल सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गर्दै आएका थिए । एजेन्सी