११ कार्तिक २०८३, बुधबार

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ सांसदद्वारा हस्ताक्षर फिर्ता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल पक्षका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्दै ओली पक्षमा लागेका हुन् ।
हस्ताक्षर फिर्ता गर्ने सांसदरुहमा जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली रहेका छन् ।

उनीहरुले सोमबार संयुक्त रुपमा प्रदेश सचिवालयका सचिवलाई निवेदन लेख्दै हस्ताक्षर फिर्ता लिएको जनाएका हुन् । ‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौ । तसर्थ, उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको व्यहोरा सामूहिक निवेदन मार्फत अनुरोध गर्दर्छौ’ उनीहरुले भनेका छन् । तीनै जना झापा जिल्लाका हुन् ।