११ कार्तिक २०८३, बुधबार

‘आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउने चलखेल भएपछि संसद विघटन भएको हो’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । गृहमन्त्री तथा नेकपा केपी ओली पक्षका वरिष्ठ नेता रामबहादुर थापाले आफ्नै पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउने खेल भएपछि संसद विघटन गर्नुपरेको बताएका छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन आफ्नै दल भित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मका खेल भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको मन्त्री थापाले बताए । त्यस्तै, थापाले अन्य दलसँग मिलेर नयाँ सरकार निर्माण गर्नेलगायत चलखेल बढेपछि संसद् विघटन गर्नुपरेको बताए ।

नेकपाद्वारा सोमबार सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले संसद् विघटनलाई अग्रगामी कदम भएको बताए । त्यस्तै, गृहमन्त्री थापाले ओली पक्षको पार्टी नै आधिकारिक नेकपा भएको दावी गरे ।