११ कार्तिक २०८३, बुधबार

निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका काम कारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरे । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी रहेका थिए । –रासस