
काठमाडौँ, ५ माघ । बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।
रेग्मीलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गरेको जानकारी दिएको हो ।
सरकारको सिफारिसमा संविधानको धारा २८२ अनुसारराष्ट्रपति भण्डारीले रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन् ।















प्रतिक्रिया