११ कार्तिक २०८३, बुधबार

अस्ताउँदो सूर्य ओलीको हो: माधव नेपाल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ माघ । प्रचण्ड–माधव पक्षका नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले प्रधानमन्त्री भइरहन खोजेको आरोप लगाएका छन् ।

काठमाडौँमा सोमबार अखिल नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले चुनाव गर्नलाई मिति घोषणा नगरेको आरोप लगाए । ‘उहाँलाई चुनाव गर्नु छैन । संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’ नेपालले भने ।

त्यस्तै, उनले आफ्नो पक्षमा बहुमत भएको दावी गरे । त्यस्तै, ओलीको चिन्ह अस्ताउँदो सूर्य भएको टिम्पणी गरे । ‘पार्टीमा हाम्रो स्पस्ट बहुमत छ । त्यसकारण सूर्य चिन्ह हाम्रै हो । ओलीको अस्ताउँदो सूर्य हो, उदाउदो सूर्य चिन्ह त हाम्रो हो’, उनले भने ।