२ कार्तिक २०८३, सोमबार

हत्या प्रयास गरिएका रुसी विपक्षी नेता एलेक्सी पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ माघ । विष दिएर हत्याको प्रयास गरिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पक्राउ परेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनका तीव्र आलोचक नाभाल्नीलाई पाँच महिना पहिले विष दिएर हत्याको प्रयास भएको थियो। जर्मनीमा उपचार गराएर निको भएका नाभाल्नी स्वदेश फर्किए लगत्तै पक्राउ परेका हुन् ।

जर्मनीबाट मस्को आए लगत्तै उनलाई रुसी अधिकारीले पक्राउ गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४४ वर्षका अभियन्ता नाभाल्नीलाई मस्कोको शेरेमेत्येभो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

नाभाल्नीका हजारौँ समर्थकहरु मस्कोको अर्को विमानस्थलमा उनको स्वागतका लागि भेला भएका थिए । उनी सवार विमान डाइभर्ट गरेर अर्को विमानस्थलमा अवतरण गरि पक्राउ गरिएको छ ।