८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा दुगड नियुक्त

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले दुगडलाई आइतबार आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले नै उनलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

दुगडले आफू प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएकोमा आफू निकै खुशी भएको बताएका छन् ।

‘निकै खुशी छु जुन सरकारले मेरो राज्यमन्त्री हुँदा गरेको कामको उच्च मूल्याङ्कन गर्दै मलाई पुनःप्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार जस्तो गरिमामय पदमा नियुक्ति दिएको छ’ दुगडले भने, ‘प्रधानमन्त्रीले मलाई डा.युवराज खतिवडाको ठाउँमा ल्याउनु भएको छ ।’

दुगडले आजै नियुक्तिपत्र पाएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । खतिवडा अमेरिकाको राजदूत नियुक्त भएपछि विशेष आर्थिक सल्लाहकारको पद रिक्त रहेको थियो ।