११ कार्तिक २०८३, बुधबार

विवेकशीलद्वारा घडी बोकेर प्रदर्शन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । विवेकशील पार्टीले आज माइतीघर मण्डलमा घडी बोकेर संसद विघटनको असंवैधानिक कदम विरुद्ध प्रदर्शन गरेको छ ।

यो समय शक्ति दुरुपयोग गर्दै देशलाई अफ्ठ्यारो परिस्थितिमा धकेल्नुको साटो नागरिकहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने समय हो, त्यसैले “कु”मतिमा नलाग्न विवेकशीलले सरकारलाई अनुरोध गरेको छ ।

पार्टीले निरन्तर प्रदर्शन गर्दै आएको छ । प्रदर्शनको आज २८ औँ दिन हो । त्यस्तै, पार्टीले भोली माइतीघर मण्डलमा बिहान १०.३० बजे पहिलो चरणको अन्तिम प्रदर्शन गर्दैछ ।

पार्टी भित्र र बाहिर छलफल गरी अधिनायकवाद विरुद्धकोको थप कार्यक्रम अगाडि बढाउने पार्टीकी नेत्र संगिता बाटाजुले जानकारी गराइन् ।