१ कार्तिक २०८३, आइतबार

पूर्वयुवराज पारसविनै भाञ्जाको व्रतबन्ध, काठमाडौं आएनन् मामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras_Shahकाठमाडौं, १५ चैत । पूर्वयुवराज पारस शाहको अनुपस्थितिमा उनका भान्जा पार्षद्बहादुर सिंहको व्रतबन्ध आइतबार सम्पन्न हुँदैछ।

व्रतबन्धमा मामाको उपस्थिति अनिवार्य रूपमा अपेक्षित हुन्छ ‘कर्मकाण्ड’ कै हिसाबले पनि तर पार्षद्का एकमात्र मामा पारस थाइल्यान्डमा लागूपदार्थसँग सम्बन्धित मामिलामा जेल परेकाले उनको नेपाल आउने सम्भावना रहेन।

समारोहबारे पूर्वयुवराजलाई जानकारी दिइएको उनका आफन्तहरूबाट बुझिएको छ। करिब डेढ वर्षअघि हृदयाघात भई ५२ दिन बैंककमा उपचार गरी ठीक भए पनि उनलाई डाक्टरहरूले ुलागूपदार्थ सेवनु बाट पूर्णमुक्तिका लागि कमसेकम तीन महिना रिहाब सेन्टरमा बस्न सुझाव दिएका थिए।

तर पारस त्यहाँबाट एक महिनामै निस्की फेरि लागूपदार्थ राखेको अभियोगमा गिरफ्तार भएपछि अदालती कारबाहीअन्तर्गत जेल परेका छन्।

पारसका आफन्तहरूका अनुसार उपचार र कानुनी सहयोगका लागि पूर्वराजा तथा परिवारले ठूलो व्ययभार बहन गरे पनि स्वास्थ्य र चरित्र सुधारमा प्राथमिकता तथा इमानदारीसाथ लाग्न दिइएको सुझाव बेवास्ता गरेपछि परिवारसँगको उनको दूरी झन् बढेको छ।

परिवारसँग संवादहीनताकै स्थिति नरहे पनि थाइल्यान्डबाट धेरै हितैषीहरूले पूर्वयुवराज आफ्नी थाई प्रेमिका तथा उनको सान्निध्यबाट फाइदा उठाएका नेपालीहरूको एउटा सानो समूहको चंगुलबाट मुक्त नभएसम्म अवस्था नसुध्रिने राय निर्मल निवासलाई दिएको स्रोतको दाबी छ।

‘पारस उनीहरूका लागि चर्चामा आउन र कमाई खानका लागि उपयुक्त पात्र बनेका छन्’, हितैषीहरूलाई उद्धृत गर्दै स्रोतले भन्यो।

पार्षद्बहादुर प्रेरणा राज्यलक्ष्मी र राजबहादुर सिंहका छोरा हुन्। उनको व्रतबन्धमा पूर्वराजा ज्ञानेन्द्रसहित परिवारका अन्य सबै सदस्य त्यहाँ उपस्थित हुने बताइएको छ।