मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

यी मोडलसँग हुँदैछ मुख्यमन्त्री राईको विवाह

दैनिक नेपाल २०७७ माघ ३ गते २१:१९

काठमाडौँ, ३ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुँदैछ ।

उनको मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासँग विवाह हुने भएको हो । मुख्यमन्त्री राई र शेर्पाबीच माघ ११ गते काठमाडौँमा विहे हुने जनाइएको छ ।

सिमित आगन्तुकहरुको उपस्थितिमा विहे हुने बताइएको छ । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्छिन् भने उनको परिवार अमेरिकामा रहेका छन् ।

मिस मंगोल भएदेखि नै सामाजिक काममा सक्रिय ज्याङ्मु मुख्यमन्त्री राईसँग पारिवारिक साथीभाइमार्फत् नजिक भएकी थिइन् । उनीहरुबीच उमेरमा भने करिब आधा अन्तर रहेको छ ।

२०५६ सालमा २७ वर्षको उमेरमा सांसद बनेका राईले निरन्तर राजनीतिक जीवनमा रहेपछि विवाह भने गरेका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित