११ कार्तिक २०८३, बुधबार

भन्सार छली ल्याएको २३ थान मोबाइल बरामद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ माघ । भन्सार छलि ल्याएको विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइलहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।