११ कार्तिक २०८३, बुधबार

सरकारले संविधान अनुरुप नै काम गर्दैछ: नेता नेम्वाङ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सरकारले संविधान अनुरुप नै काम गरेको दावी गरेका छन् ।

शनिबार नेकपा प्रदेश १ को प्रदेश सम्पर्क कमिटीद्वारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले सरकारले संविधान अनुसार नै काम गरिरहेको दावी गरेका हुन् ।

संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्जेल वर्तमान मन्त्रीपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको समेत बताए ।

त्यस्तै, उनले कार्यक्रममा आफू पक्षकै नेकपाले आधिकारिकता पाउने पनि बताए ।