२ कार्तिक २०८३, सोमबार

पिएसजीका प्रशिक्षक माउरिसिओलाई कोरोना संक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, ३ माघ । फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)का प्रशिक्षक माउरिसिओ पोकेतिनो कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा गएका पोकेतिनोले लिगमा अबका दुई खेल गुमाउने भएका छन् ।

४८ वर्षका पोकेतिनो जनवरीको सुरुमा पिएसजीको प्रशिक्षक बनेका हुन् । त्यसअघि उनी टोटनह्यामको प्रशिक्षक थिए ।

पोकेतिनोले प्रशिक्षकका रुपमा पिएसजीबाट मात्रै तेस्रो खेलमै आफ्नो प्रशिक्षकण कालको पहिलो उपाधि जितेका थिए गएको बुधबार ।

कोरोना भाइरसको संक्रमण मुक्त नहुन्जेल पोकेतिनोको स्थानमा उनका सहयोगीहरुले जिम्मेवारी सम्हाल्ने छन् ।