११ कार्तिक २०८३, बुधबार

रुम्सि–झण्डावास मोटरमार्गको ट्रयाक खुल्ने

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २ माघ । रुम्सिदेखी हर्कपुर अन्र्तगतकोञ रुम्सि झण्डावास मोटर मार्गको ट्रयाक खुल्ने भएको छ ।

व्यास नगरपालिकाको आ.व ०७७/०७८ को रु पाँच लाखको वजेटवाट उक्त मोटर मार्गको ट्रयाक खुल्ने भएको हो ।

केशवटार हुँदै रुम्सी भएर हर्कपुर मार्ग हुदै ठिन नयाँ गाउसम्म पुग्ने उक्त वाटोको ट्रयाक खुलेपछि हजारौ बासिन्दा लाभान्वित हुने नगरपालिकाका कार्यपालिका सदस्य नरिमाया रानाले जानकारी दिए ।

१०२० मिटर लामो नया मोटर मार्गको ट््रयाक खुलेपछि केशवटार हुदै सिधै नयाँगाँउ सँग जोडिने छ । ट्रयाक खुल्ने काम युद्धस्तरमा भईरहेको र समयमा नै काम सकिने मोटर मार्ग उपभोक्ता समितकिो अध्यक्ष रामवहादुर आलेले बताए ।