१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो संस्करण आजदेखि शुरू हुँदैछ ।

प्रतियोगिता माघ १७ गतेसम्म मुलपानी र त्रिभुवन विश्वविद्यालय किर्तीपुरको क्रिकेट मैदानमा आयोजना हुने छ । प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसअनुसार समूह ‘ए’ मा आर्मी, एपीएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् भने समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम रहेका छन् ।

समूह चरणपछि शीर्ष दुई–दुई टोली सेमिफाइनलमा पुग्ने छ । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ मा हुने छ भने प्रतियोगिताको फाइनल खेल माघ १७ मा हुने छ ।

गत वर्ष माघमा सुनसरीको इनरुवामा सम्पन्न मनोमहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगितापछि यो पहिलो राष्ट्रिय प्रतियोगिता हो ।

उद्घाटन खेलमा अहिले त्रिभुवन आर्मी र गण्डकीबीच टीयूको क्रिकेट मैदानमा प्रतिस्पर्धा चलिरहेको छ ।