११ कार्तिक २०८३, बुधबार

कक्षा १२ को नतिजा माघ १० गते अगाडी नै प्रकाशित हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ माघ । कक्षा १२ को नतिजा माघ १० गते अगाडी नै प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार डाटा इन्ट्रीको काम सकिएको र रुजु गर्ने काम भइरहेको जनाएको छ ।

४० प्रतिशत रुजुको काम सकिएको र बाँकी ६० प्रतिशतको काम यही हप्ता सकिने भएकाले माघ १० गते अघि नै नतिजा प्रकाशन गर्ने बोर्डले जनाएको छ । कोरोना महामारीका कारण परीक्षा ढिलो गरी सञ्चालन भएको थियो ।