
काठमाडौं, १ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आज बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् ।
आज बिहीबार र भोलि शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन् । बिहीबार नै संयुक्त आयोगको बैठक आरम्भ हुने छ । शुक्रबार बैठक सम्पन्न गर्दै उनले राजनीतिक भेटघाट गरी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय विविध आयामसहित व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटनलगायतक विषयमा छलफल हुने छ ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ । उनले दोस्रो दिन बैठक सकिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।















प्रतिक्रिया