
काठमाडौँ, २९ पुस । आज अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठकमा पछिल्लो समय विकसित घटनाक्रमका विषयमा छलफल हुने तथा केही सरकारी नियुक्ति हुनसक्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही राजदूतलाई फिर्ता बोलाउन सक्ने बताइएको छ ।















प्रतिक्रिया