११ कार्तिक २०८३, बुधबार

मंगलबार थप ४३० जनामा कोरोना, ३९० जना निको, ५ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ सय ९० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५९ हजार ३ सय ५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय ८ जना पुगेको छ ।

२४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ जना पुगेको मन्त्रालयले जनाएको छ ।