
-वि वि श्रेष्ठ
दमौली, २७ पुस । नेपाल सरकारका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री टोपवहादुर रायमाझीले ओलीको राष्ट्रवादी छविका कारण पार्टीभित्रका नेताहरुले आजको यो अवस्थाको सिर्जना गरेको बताएका छन् ।
लामो समयदेखि आन्दोलन हुँदै आजको अवस्थासम्म आईपुग्दा ओलीको नेतृत्व नै निर्णायक भएको हुँदा ओलीलाई गणतन्त्र विरोधी भन्नेहरु आफै गणतन्त्र र संघियता विरोधी भएको बताए । पहिलो संविधान
सभाबाट संविधान बन्न नसक्दा त्यसलाई विघटन गर्नबाट पटक पटक रोकेका ओलीका कारण नै देशमा गणतन्त्र संस्थागत भएको बताए ।
नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) तनहुँद्धारा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले सो कुरा बताएका हुन् ।
आफूले प्रचण्डलाई लामो समयसम्म साथ दिएको तर अहिले आएर प्रचण्डको गतिविधी देश र जनताको लागी घातक भएको हुदाँ र ओली सरकार नै देश र जनताको लागि आवश्यक भएको हुदाँ नयाँ नेपाल र समृद्ध नेपाल निर्माणमा लागि परेको बताए । प्रचण्डको पार्टीमा लोकतन्त्र नै नभएको उनको दावी दियो ।
प्रचण्डको नेतृत्वको माओवादीमा आम नेता तथा कार्यकर्ताहरु प्रचण्डमा विलय हुनुको विकल्प थिएन । फरक मत राख्नेहरुको पाटीमा कुनै ठाँउ नभएको स्मरण गर्दे गुरु मोहन वैद्य, वावुराम भट्टराई, नेत्रविक्रम चन्द हरु त्यसै पार्टी छोडेर नगएको बताए ।
यस्तै गरि सो भेलामा नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङ्गले पार्टी विभाजनको मुख्य कारण सत्ता मोह भएको बताए । अध्यक्ष र प्रधानमन्त्री वन्नका लागी आफनै विधि र प्रक्रिया भएता पनि जर्वजस्ती हत्याउन खोज्दा यो अवस्था आएको बताए ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले सरकारको लोकप्रियता देख्न नसक्नेहरु र ओलीको लोकप्रियताले आफनो भुमिका खुम्चिएको महशुश गर्नेहरुले सरकारले बाध्य भएर यो कदम चाल्न परेको बताए । चुनावबाट जनतामा गएर मत लिनु नै अवको आवश्यकता हुदाँ श्रेष्ठता हासिल गरेर देश र पार्टीको नेतृत्व लिन सुझाए ।
पार्टी कार्यलय दमौलीमा आयोजित गरेको वृहद कार्यकर्ता भेलाको अध्यक्षता नेकपा तनहुँका अध्यक्ष केदार सिग्देलले गरेका थियो भने संचालन राष्ट्रियसभाका सदस्य भगवती न्यौपानेले गरेका थिए ।
हजारौँ कार्यकर्ता उपस्थिती रहेको कार्यक्रममा निवर्तमान सभासद कृष्ण कुमार श्रेष्ठ, किसान, प्रदेश सदस्य राम वहादुर गुरुङ्ग, संविधान सभा सदस्यद्धय टुकराज सिग्देल, हसिना खातुन, नेकपा केन्द्रिय सदस्यहरु श्रीप्रसाद श्रेष्ठ, रामचन्द्र उपाध्याय लगायतको नेताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि युवाहरु पार्टी प्रवेश गरेका थिए ।
















प्रतिक्रिया