११ कार्तिक २०८३, बुधबार

प्रचण्ड–नेपाल पक्षको नेकपाद्वारा मुख्यमन्त्री शेरधन राईसहित ८ जना निलम्बित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ पुस । प्रचण्ड–नेपाल पक्षको नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई निलम्बन गरेको छ ।

उक्त पक्षले प्रदेश सभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी सोमबार उनीहरुलाई ३ महिनाको लागि निलम्बन गरेको हो ।

प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणी पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको छ ।

उनीहरुलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रचण्ड-नेपाल पक्षले आठै जनालाई हुलाक र कुरियरबाट निलम्बनको पत्र पठाइएको छ । पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।

यसअघि मुख्यमन्त्री राईले पनि प्रचण्ड नेपाल पक्षका १६ जनालाई तीन महिनाका लागि निलम्बन गरेका थए । दुवै समूहले एक–अर्कालाई कारवाही गरी निलम्बन नै गरिसकेको अवस्थामा छ ।