
काठमाडौं, २७ पुस । हिजो आइतबार २ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्यमा आज सोमबार पनि कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम गरिएको छ । यसअघि आइतबार छापावाला सुनको मूल्यमा एकैदिन २३०० रुपैयाँले कमी आएर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
त्यसैगरी सोमबार चाँदीको मूल्यमा पनि ४० रुपैयाँले कमी आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो पनि पढ्नुहोस्–
साताको शुरुमै सुनको मूल्यमा आयो २३०० रुपैयाँको गिरावट, कतिमा हुँदैछ कारोबार ?















प्रतिक्रिया