३ कार्तिक २०८३, मंगलबार

साताको शुरुमै सुनको मूल्यमा आयो २३०० रुपैयाँको गिरावट, कतिमा हुँदैछ कारोबार ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । साताको शुरूवाती दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

आज एकै दिन तोलामा २ हजार ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला मूल्य ९३ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज नेपाली बजारमा चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले घटेर १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।