८ कार्तिक २०८३, आइतबार

गगन थापा मन्त्री बन्न च्याँखे थापेको बस्नेतको खुलासा, निर्वाचनमा पत्तासाफ गर्ने चेतावनी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेसका नेता गगन थापालाई आगामी निर्वाचनमा राष्ट्रिय युवा संघका सामान्य कार्यकर्ताले हराउने चेतावनी दिएका छन ।

काठमाडौंको चाँगुनारायण नगरपालिकामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै बस्नेतले कांग्रेका नेता थापालाई कुन शक्तिको नोकर बनेर जनतालाई जोकर भनेको ? भन्दै १५ वर्षसम्मको छाँया मन्त्रीको शुभकामना दिए । कसैको इसारामा नेता थापाले एक कार्यक्रममा नेपाली जनता, प्रधानमन्त्री, राष्ट्रपतिलगायतलाई जोकर भनि उल्लेख गरेका थिए ।

कांग्रेस नेता थापा विगतमा भारतीय र अमेरिकी एजेण्ट भएको आरोपहरू लागेका थिए । कांग्रेस नेता थापा बाख्रा पालनको अनुदान पचाउने, स्वास्थ्य मन्त्री भएको समयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रमुखको नियुक्तिमा करोडौंको कमिशन खाएको, औषधि खरिदमा करोडौं कुम्ल्याउनेलगायतका भ्रष्टाचार गरेको आरोप छ । पूर्वमन्त्री समेत रहेका थापालाई राष्ट्रघाती नेताको संज्ञा दिने गरेका छन ।

नेकपाका नेता बस्नेतले कांग्रेसको छाँया मन्त्री रहेका नेता थापाले आफ्नो क्षेत्रका जनता तथा पार्टीभित्र गद्धारिपन मात्र गरेकाले आगामी निर्वाचनबाट गगन थापाको अस्थित्व समाप्तको आधार तय हुने चेतावनी दिए ।

‘कांग्रेसका छायाँ मन्त्री गगन थापाले भक्तपुरमा आएर केपी ओली पनि फिर्ता हुने भएकाले बालकोटको सडक पनि उद्घाटन गर्नुस् भनि मलाई भन्नुभएछ’, नेकपाका नेता थापाले भने, ‘तपाई जस्तो झुटको गीतमात्र गाइरहने हाम्रो समय छैन । पार्टी तथा जनताको पक्षमा काम गर्छौ ।’

उनले भने, ‘उद्घाटन गर्छौ, शिलान्यास गर्छौ, जनताको विकासप्रतिको सपना पूरा गर्छौ । हिम्मत भए आफ्नो क्षेत्रका जनताको चित्त बुझाउनुस् । अरुको खुट्टा तानेर नहिड्नुस् ।’

‘राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावमा लड्न चुनौति दिनुभएछ । तपाईको हैसियत कति हो भन्ने राम्ररी थाहा छ’, नेता बस्नेतले भने, ‘राष्ट्रपतिले विगतमा तपाईका ठूलै नेतालाई सहजै रुपमा परास्त गरी मुलुकको नेतृत्व गर्नुभएको इतिहास साक्षी छ ।’

‘तपाईलाई अब राष्ट्रपति विद्यादेवी भण्डारी हैन, युवा संघको सामान्य कार्यकर्ताले समेत निर्वाचनमा हराउँछन्’, बस्नेतले भने, ‘अबको तपाईको सपना पूरा हुने भनेको नै छायाँ मन्त्री हो । अबको १५ वर्ष छायाँ मन्त्रीको लागि सफल कार्यकालको शुभकामना ।’

कांग्रेसका युवा नेता थापाले निर्वाचनभन्दा पहिला पार्टीको महाधिवेशन गरी देउवालाई हराउनुका साथै संयुक्त सरकारमा भए पनि मन्त्री पाइन्छ कि भनेर च्याँखे थापेरहेको तथ्य नेकपाका नेता बस्नेतले सार्वजनिक गरेका छन् ।