
-वि वि श्रेष्ठ
तनहुँ, २६ पुस । प्रतिनिधिसभाका निवर्तमान सदस्य केदार सिग्देलले जनताको नासो सरकारले जनतालाई नै फिर्ता दिएको बताएका छन् ।
वहुमतको सरकारले आफुले काम गर्न नसकेको र प्रतिगामी तत्वहरुले देशलाई अराजकता तर्फ उन्मुख गराउन भन्दा जनताको नासो जनतालाई नै फिर्ता दिएर ताजा जनादेश लिनका लागी प्रतिनिधिसभाको विघटन गरेको बताए । दभुङ्ग पान्धारे मन्दिर संरक्षण संस्थाको पन्चेश्वर महादेव मन्दिरको उद्घाटन गर्दे निवर्तमान सासंद केदार सिग्देलले सो कुरा बताएका हो ।
देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भईसक्दा पनि छापामार शैलीमा पद र शक्तिका लागी संसदमा फोहरी खेल खेल्ने दुस्साहस पार्टी भित्रबाट नै भएको हुदाँ सरकार संसद विघटन गर्न वाध्य भएको बताए ।
जननिर्वाचित वहुमतको सरकारलाई पार्टीभित्रका केहि अराजकतत्वहरुले देशको समृद्धि र विकास नचाहनेहरुवाट पटक पटक हमला भयो ।
निर्वाचित सरकारवाट पटक पटक जनअभिमतवाट प्रहार भएपछि जनताको अधिकारलाई स्थापित गर्नका लागि र जनतावाट निर्वाचित भएर शासन सत्ता सम्हाल्नका लागी चुनावको घोषणा गरेको समेत बताए । लोकतान्त्रिक विधिवाट चुनावमा गएर सत्ताको नेतृत्व गर्नपर्नेमा जवरजस्ती गर्नु अलोकतान्त्रिक भएको समेत सासंद सिग्देलले बताए ।
यसैगरि प्रतिनिधिसभाका निवर्तमान सदस्य कृष्ण कुमार श्रेष्ठ किसानले ओली सरकारले देशका लागी गरेका विकास देख्न नसकेको हुदाँ आजको यो अवस्था आएको बताए ।
ओली सरकारले जनप्रिय काम गर्दागर्दे पनि आफनै पार्टीवाट धोका भएको हुदाँ अव जनताद्धारा अनुमोदित हुनका लागी पनि चुनावमा जानुपर्ने बताए ।
ओली सरकार नै देश र जनताको लागी आवश्यकता हो । तर पनि देशमा अराजकता मच्चाएर खेल्न खोज्नेहरु हावी हुदाँ आफनै सरकारमाथि संसदमा अविश्वासको प्रस्ताव ल्याउनु लोकतन्त्रको मुल्य मान्यतामाथी नै हमला भएको वताए ।
संस्थाको अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य श्रीप्रसाद श्रेष्ठ, स्थानिय समाजसेवी टेक वहादुर श्रेष्ठ, सन्तकुमार श्रेष्ठ लगायतका व्यक्तिहरुले आफनो धारणा राखेका थिए ।
निर्माण समितीका सचिव राजकुमार श्रेष्ठले मन्दिरको वारेमा धारणा राखेका थिए भने संस्थाका उपाध्यक्ष धनन्जय श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
















प्रतिक्रिया