२ कार्तिक २०८३, सोमबार

सेक्स टेप प्रकरणमा फुटबल खेलाडीले मुद्धा खेप्नुपर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ पुस । माथेयु भालबुएना सेक्स टेप प्रकरणमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ ।

बेन्जेमामाथि पाँच वर्षअघि फ्रान्सका समकक्षी भाल्बुएनाको सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको आरोप छ ।

एएफपीका अनुसार बेन्जेमालाई भर्साइल्सका प्रासिक्युटर अफिसले उनको मुद्दा अदालतमा लगिने जानकारी दिएका छन् । यद्यपि, कुन मितिमा भने खुलाइएको छैन ।

यसबारे समाचार प्रकाशित भएपछि बेन्जेमाका वकिलले ब्ल्याकमेलिङको आरोप लगाएर आफ्नो क्लाइन्टमाथि षडयन्त्र भइरहेको दाबी गरेका छन ।