
काठमाडौँ, २२ पुस । संघीय संसद विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।
वुधबारको बहसमा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्ने भएका छन् । यो रिट संवैधानिक इजलासमा रहेको छ ।
पुस १० मा संवैधानिक इजलासले उक्त रिटलाई आजबाट निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो ।
पुस ५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले सम्पूर्ण रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो । १२ जना अधिवक्ताहरुले भने रिटलाई पूर्ण इजलासमा बहस गर्नुपर्ने भन्दै निवेदन दिएका छन् ।















प्रतिक्रिया