२ कार्तिक २०८३, सोमबार

टोटनह्याम इएफएल कप फुटबलको फाइनलमा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ पुस । जोसे मोरिन्होको टिम टोटनह्याम लिग कप (इएफएल) अर्थात काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको सेमिफाइनलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गरेर उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका लागि १२ औँ मिनेटमा मौउसा सिसोको तथा ७० औँ मिनेटमा सन हेङ्ग–मिनले गोल गरे ।

८४ औँ मनिेटमा डासिल्भा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भयो ।

सन् २००८ मा चेल्सीलाई पराजित गरेर टोटनह्यामले लिग कपको उपाधि जितेको थियो । त्यसयता उसले उपाधि जित्न सकेको छैन ।