१० कार्तिक २०८३, मंगलबार

वायु प्रदुषणका कारण जहाज अवतरण हुन सकेन, केहीबेर विमानस्थल बन्द

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । काठमाडौँमा अत्याधिक वायु प्रदुषण भएपछि हवाइ समेत प्रभावित बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि विमानस्थलको सेवा बन्द गर्नुपरेको जनाएको छ ।
विमानस्थल मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट बन्द गरिएको थियो ।

त्यो समयमा अवतरण गर्न खोज्ने र टेक अफ गर्ने जहाज आकाशमै होल्ड गरिएको थियो ।

उक्त समयमा ५ वटा विमान आकाशमै होल्ड भएका थिए ।

सामान्यतया विमान अवतरणका लागि १२ सय मिटरको भिजिबिलिटी आवश्यक हुन्छ । तर काठमाडौँको आकाशमा मंगलबार वायु प्रदुषणका कारण १ हजार मिटर मात्रै भिजिबिलिटी देखिएको बताइएको छ । अहिले भने भिजिविलिटी करिब १६ सय मिटरमा पुगेकाले विमानस्थल सुचारु भइसकेको छ ।