
काठमाडौं, २१ पुस । सोमबार ८०० रुपैयाँले वृद्धि भएको सुनको मूल्य आज मंगलबार १ हजार १०० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार ९६ हजार ४०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको प्रतितोला मूल्य ९५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भई १ हजार ३३५ रुपैयाँ काम भएको छ । अघिल्लो दिन सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया