२९ आश्विन २०८३, बिहिबार

एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrn 4– विजय थापा 

डिसी, अमेरिका । गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एनआरएन अमेरिकाको तेस्रो साधारण सभाको अवसरमा बिभिन्न खेल प्रतियोगिताको आयोजना गरी दुई दिन सम्म चलेको उक्त प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ ।

नर्दन भर्जिनियामा संचालन भएको बिभिन्न खेलकुद मध्ये दर्जनौ खेलाडीहरु सहभागिता रहेको टेबल टेनिसमा खेलमा बिज्ञान श्रेष्ठ प्रथम, द्वितीय सुधिर सिंह तथा तृतीय टेनिस कटुवाल भएका छन् ।

यसै गरि भकुण्डो (सकर) खेलमा न्युयोर्क, बाल्टिमोर, भर्जिनिया तथा डिसीका ६ वटा खेल समुहले भाग लिएका थिए भने उक्त प्रतियोगितामा तिब्बत टिम अफ न्युयोर्क टोली प्रथम भएको थियो । आफ्नो घरेलु मैदान उत्कृष्ट प्रदर्शन गर्ने घरेलु टोलि डिसीएफसी द्वितीय स्थानमा चित्त बुझाउनु परेको थियो ।

nrn 3प्रथम हुने खेल टोलीलाई एक हजार डलर नगद तथा पुरस्कार वितरण गरिएको थियो भने द्वितीय हुने टोलीलाई पाँच सय डलर नगद पुरस्कार तथा पुरस्कार दिइएको थियो ।

सकर प्रतियोगिता केवल पुरुषहरुको मात्र मात्र गराईएको थियो भने डिसी महानगर क्षेत्रको आर्लिंगटन लँग ब्रिज खेल मैदानमा साँझ ४ देखि राती १० बजे सम्म खेलाईएको थियो ।

यस्तै, बाँस्केट बल प्रतियोगिता भर्जिनियाको स्टरलिङ्ग शहरमा प्रतिस्पर्धा भएको जानकारी एनआरएन युएसए को लागि स्थानीय रुपमा खेलकुदको जिम्मेबारी लिई संयोजकको भूमिका निर्वाह गरि रहेका चन्द्र लामाले बताए ।

बास्केटबल प्रतियोगितामा म्यान हनुमान स्पोर्ट्स टोलि प्रथम भएको थियो ।

basketball   nrn 11 nrn 12 table tennis