काठमाडौं, १४ चैत । विश्वकप क्रिकेट अन्तर्गत २०१५ को उपाधिका लागि आइतबार विहान अष्ट्रेलिया र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि आयोजक आइसिसीले सबै तयारी पूरा भएको जनाएको छ ।
फाइनल म्याचका लागि अम्पायर समेत छनोट भइसकेका छन् । दुबै टोली विश्वकप २०१५ को उपाधि जित्न तयारी अवस्थामा छन् । थप तयारी समेत गरिरहेका छन् ।
अष्ट्रेलियाका कप्तान माइकल कर्लाकले यसपालिको विश्वकप उपाधि आफ्नो टिमले जित्ने दाबी गर्छन् । तर उनी प्रतिस्पर्धी टिमलाई कमजोर ठान्दैनन् । ‘हाम्रा अगाडी ठुलो चुनौती छ, तर हाम्रो मेहनत तयारी र प्रयासले उपाधि जित्न सफल हुने छौं ।’ उनले भनेका छन् ।
यस्तै, न्यूजिल्याण्डका कप्तान बे्रन्डन म्याकुलले पनि यसपालिको विश्वकप उपाधि जितेर इतिहास रच्ने दाबी गर्छन् । ‘हामीसँग अनुभव नभएपनि योग्यता र मेहनत छ, दर्शकप्रेमीहरुको हौसला छ जसले हामीले उपाधि भित्र्याछौं’ उनले भनेका छन् ।
न्यूजिल्याण्डले यसपालि विश्वकप उपाधि जितेमा इतिहास रच्ने अवसर सावित हुनेछ । किनकी न्यूजिल्याण्ड विश्वकप क्रिकेटमा पहिलोचोटी फाइनलमा पुगेको टिम हो ।
विश्वकप क्रिकेटको कप कसले उचाल्ला ? दर्शकाको मनमा खुल्दुली तथा चर्चा भइराखेको होला । तर, कस्ले जित्ला त्यो थाहा पाउन भोलीको फाइनल खेलसम्म कुनुपर्ने हुन्छ ।















प्रतिक्रिया