काठमाडौं, १७ पुस । कर्णाली प्रदेश सभाको संसदीय समितिका अध्यक्ष चढ्ने गाडीमा आगलागी भएको छ ।
बिहीबार राति १० बजेतिर अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेश सिंहको गाडीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटको भेरी नगरपालिका–७ पुन्म गाउँमा पार्किङ गरी राखेको राति गाडीमा आगो लागेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।
कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी जाजरकोटबाट निर्वाचित प्रदेश सभा सदस्य तथा प्राकृतिक समितिका सभापति सिंहले प्रयोग गर्दै आएका थिए ।
जाजरकोटको स्याउली बजारमा आयोजना गरिएको प्रचण्ड–माधव समूहको कार्यक्रममा सहभागी हुन सिंह उक्त गाडी लिएर जाजरकोट गएका थिए ।











प्रतिक्रिया