२ कार्तिक २०८३, सोमबार

म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १७ पुस । म्यानचेस्टर युनाइटेडका एडिन्सन काभानीमाथि तीन खेलको प्रतिबन्ध लागेको छ।

केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लागेको हो ।

उनले एक लाख पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । फुटबल एसोसिएसनले काभानीले प्रयोग गरेको भाषा अपमानजनक रहेको ठहर गरेको हो ।

३३ वर्षका काभानी गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा पोस्ट गरेको सामग्रीलाई आपत्तिजनक ठहर भएको छ । उनले आलोचना भएपछि सो पोस्ट डिलिट गरे र माफी मागेका थिए ।