१ कार्तिक २०८३, आइतबार

खोप भित्रिएको सात दिनमा लगाउन सकिने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

{“caption”:”u092cu0947u0932u093eu092fu0924u0915u094b u0905u0915u094du0938u092bu094bu0930u094du0921 u0935u093fu0936u094du0935u0935u093fu0926u094du092fu093eu0932u092f u0930 u0914u0937u0927u093f u0909u0924u094du092au093eu0926u0915 u0915u092eu094du092au0928u0940 u0905u0938u094du091fu094du0930u093eu091cu0947u0928u0947u0915u093eu0932u0947 u0935u093fu0915u093eu0938 u0917u0930u093fu0930u0939u0947u0915u094b u0916u094bu092a u092au0930u0940u0915u094du0937u0923u0915u093e u0932u093eu0917u093f u0932u0917u093eu0909u0901u0926u0948 u0926u0915u094du0937u093fu0923 u0905u092bu094du0930u093fu0915u093eu0938u094du0925u093fu0924 u090fu0915 u0938u094du0935u092fu0902u0938u0947u0935u0915u202fu0964 u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u090fu092au0940u00a0nn”,”photographer”:””,”alt_text”:””}

काठमाडौं, १७ पुस । सरकारले कोभिड–१९ संक्रमण रोकथामविरुद्धको खोप प्राप्त भएको सात दिनभित्र लगाउन सकिने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा राखिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए २० प्रतिशतलाई पुग्ने गरी सरकारी र निजी क्षेत्रका पूर्वाधार चालु अवस्थामा राखिएको छ ।

माइनस ७० डिग्री सेल्सियसमा राख्न मिल्ने खोप प्राप्त हुने अवस्था आए तीन प्रतिशत फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पुग्ने गरी पूर्वाधार व्यवस्थापन गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोपका लागि चाहिने पूर्वाधार निर्माणको काम भइरहेको बताए । खरिद गरिएको खोप राख्न वेयर हाउस व्यवस्थापन गर्ने सरकारको तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने योजना बनाएको छ ।

सरकारले कोभिड–१९ रोकथामविरुद्ध खोप आयात गर्ने तयारी तीव्र पारेको बताए पनि खोप आयातका लागि समय निक्र्योल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ¥यापिड एक्सन प्लानमार्फत तयारी अघि बढाएको हो ।

कोभिड–१९ विरुद्धको खोप आयातका लागि खोप उत्पादन गरेका सातवटा देशमा डिप्लोमेटिक नोट पठाइएको छ । सरकारद्वारा गठित कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका एक सदस्यका अनुसार नेपालले भारत, चीन, रसिया, अमेरिका, जर्मनी, अस्ट्रेलिया, बेलायतलगायतका देशलाई पत्र पठाएको छ । स्वास्थ्य मन्त्रालयका सचिव अर्यालले खोप आयात र प्रयोगका लागि औषधि र खोप प्रयोगसम्बन्धी संहिता पारित भएको जानकारी दिए । उनले भने, ‘कानुनी र व्यवस्थापनको पूर्वतयारी गरेका छौं । खोप उपयोगमा समस्या नआओस् भनेर औषधि ऐनमा संशोधन गरेका छौं ।’

स्वास्थ्य सचिव अर्यालले भने, ‘गभर्मेन्ट टु गभर्मेन्ट प्रक्युपमेन्टका लागि पहिलो प्राथमिकताअनुसार २० प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराउन अनुरोध गरेका छौं । यो सकारात्मक पहलका रूपमा विकास भएको छ ।’ उपचार व्यवस्थापन प्रभावकारी हुन सके मृत्युदर घट्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । कोभ्याक्समार्फत खोप आउन ढिलो भए निजी क्षेत्रलाई पनि आवश्यक पर्ने खोप आयातका लागि अनुमति दिने सरकारको तयारी छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गएको छ । ६ कात्तिकमा सक्रिय संक्रमितको संख्या ४७ हजार सात सय ७०० पुगेकामा बिहीबार ६ हजार ३७८ रहेको छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।