१० कार्तिक २०८३, मंगलबार

काण्डै काण्ड गर्ने विद्या पक्राउ परिन्

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ पुस । एघार लाख ठगी गरेको अभियोगमा विद्या शर्मा भनिने विद्या सरकार पक्राउ परेकी छिन् ।

सुनसरी जिल्लाको इटहरी ठेगाना भएकी २३ वर्षीया विद्यालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको जनाएको छ ।

गंगा वनले ११ लाख रुपियाँ ठगी गरेको भन्दै विद्याविरुद्ध जाहेरी दिएपछि प्रहरीले पुस ६ गते पक्राउ गरेको प्रवक्ता डीएसपी प्रमेश बिष्टले जानकारी दिएका छन् ।

हिमानी ट्रष्टको नाममा बेलाबेला गतिविधि गर्दै आएकी विद्याले सिंगापुर रेडक्रस इन्टरनेशनलको नेपालस्थित सिइओ भएको बताउने गर्थिन् । उनले जागिर लगाइदिने भनेर धेरै काण्ड गरेको आराप छ ।

विद्यालाई प्रहरीले पक्राउ गरेको थाहा पाएपछि भक्तपुरको चाँगुनारायणका तीन जना उजुरी दिन आइपुगिसकेका छन् । दैलेखका तीन जनाले विद्याविरुद्ध उजुरी दिएका छन् । विद्याले दुई करोड ठगी गरेको उजुरी आइसकेको छ ।