२ कार्तिक २०८३, सोमबार

चीनले बनाएको कोरोनाविरुद्धको खोप ८० प्रतिशत प्रभावकारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १५ पुस । कोरोनाभाइरसविरुद्ध चिनियाँ कम्पनी नेशनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म)ले बनाएको खोप झन्डै ८० प्रतिशत प्रभावकारी देखिएको छ ।

कम्पनीले बुधबार तेस्रो चरणको परीक्षणको प्रारम्भिक विवरणमा आफूले बनाएको खोप ७९.३४ प्रतिशत प्रभावकारी भएको जानकारी दिएको हो । सिनोफार्मले बनाएको खोप दुई डोज लगाउनुपर्छ ।

यो खोपको तेस्रो चरणको परीक्षण युएई, बहराइन, जोर्डन, पेरू र अर्जेन्टिनालगायत देशमा गरिएको थियो ।

डिसेम्बर ९ मा युएईका स्वास्थ्य अधिकारीहरूले चिनियाँ खोप ८६ प्रतिशत प्रभावकारी देखिएको बताएका थिए । युएई र बहराइनले चिनियाँ खोपलाई यसअघि नै प्रयोगका लागि स्वीकृति दिइसकेका छन् ।

चीनले पनि केही महिनादेखि नै यो खोपको आपतकालीन प्रयोग गरिरहेको छ । अहिले यसको आम प्रयोगका लागि अनुमति मागिएको कम्पनीले जनाएको छ ।