लण्डन, १५ पुस । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ ।
वुल्भ्स ह्याम्टन वान्डरसनलाई १(० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले एक गोल गरेका थिए । अहिलेसम्म १५ खेल खेलेर दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ ।
पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । आर्सनलले बाइन्टियमलाई १–० गोलले हराएको छ ।
मंगलबार राति नै भएको खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल बराबरीमा सकिएको छ । लिड्स युनाइटेडले भने वेष्ट ब्रोमलाई ५–० गोलले हराएको छ ।















प्रतिक्रिया