१ कार्तिक २०८३, आइतबार

सशस्त्र प्रहरीका नक्कली सईको सक्कली ‘प्रेम र ठगी’ धन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thagiकाठमाडौं, १४ चैत । आफू सशस्त्र प्रहरीको सई भएको विश्वासमा पारेर युवतीहरुसँग प्रेम गरी ठगी गर्दै आएका युवक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा हनुमानढोकाले सशस्त्र प्रहरीको नक्कली पोसाक तथा परिचयपत्र न नक्कली पेस्तोलसहित नुवाकोट नर्जामण्डप घर भएका २४ वर्षीय सहदेव श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको छ ।

बेलाबेला सशस्त्र प्रहरीको युनिर्फम लगाई नक्कली परिचयपत्रसमेत बनाएर उनले युवतीलाई आफू सई भएको भन्दै विश्वासमा पार्ने गर्दथे ।

प्रहरी भएको बताउँदा युवतीहरु नजिकिने भएकाले उनले यस्तो तरिका अपनाउने गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

युवतीलाई विश्वासमा लिन नक्कली पेस्तोल पनि साथमै राखेका थिए । नजिकिएपछि उनले विभिन्न बहानामा पैसा माग्ने र पछि ठग्ने गरेको अनुसन्धानमा खुलेको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चार लाख ८७ हजार ठगी गरेको भन्दै दुई युवतीले उनीविरुद्ध उजुरी दिएका छन् । अरु युवतीलाई पनि उनले ठगेको हुनसक्ने प्रहरीले जनाएको छ ।

गत असोजमा पनि उनी नक्कली पेस्तोल र सशस्त्र प्रहरीको नक्कली परिचयपत्रसहित पक्राउ परेका थिए ।

त्यसबेला उनी धरौटीमा छुटेका थिए । छुटेपछि फेरि उनले प्रहरी भन्दै ठग्ने धन्दा सुरु गरेका हुन् । शुक्रबार प्रहरीले उनलाई धुम्बाराहीबाट पक्राउ गरेको हो ।