१० कार्तिक २०८३, मंगलबार

देउखुरीमा जीपको ठक्करबाट प्यूठानका बुढाथोकीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमही, १४ पुस । दाङको देउखुरीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

लमही नगरपालिका– ५ नर्तीमा लु २ च ५६६४ नम्बरको जीपले सोमबार बेलुकी ठक्कर दिँदा पैदल यात्री प्यूठानको मल्लरानी गाउँपालिका– ५ का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जीपको ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा सोमबार राति मृत्यु भएको थियो ।