२ कार्तिक २०८३, सोमबार

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतका खेलमा लेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएर शीर्ष स्थानको होडलाई कडा बनाउने मौका गुमाएका छन् ।

सोमबार राति अवे मैदानमा भएको खेलमा लेस्टर सिटी क्रिष्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको हो । ५८ औँ मिनेटमा जाहाको गोलबाट क्रिष्टल प्यालेसले अग्रता लिएको थियो । लेस्टरका लागि ८३ औँ मिनेटमा बार्नेसले बराबरी गोल फर्काए ।

अर्को खेलमा चेल्सी एस्टन भिल्लासँग १–१ कै बराबरीमा रोकिएको हो । ३४ औँ मिनेटमा ओलिभर जिरउडले गोल गरेर दिलाएको अग्रता घरेलु टोली चेल्सीले जोगाउन सकेन । एस्टन भिल्लाका लागि एल गाजीले ५० औँ मिनेटमा बराबरी गोल गरेका हुन् ।

बराबरीपछि दोस्रो स्थानमा फर्किएको लेस्टर सिटीको १६ खेलबाट २९ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ३२ अंक छ ।

एस्टन भिल्ला पाँचौँ तथा चेल्सी छैटौँ स्थानमा पुगेका छन् । भिल्लाको १४ खेलबाट २६ तथा चेल्सीको १६ खेलबाट २६ अंक भएको छ ।