२ कार्तिक २०८३, सोमबार

जापानमा शक्तिशाली ज्वालामुखी विष्फोट, ८१ जनाको अवस्था अज्ञात !

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो, १३ पुस । जापानको खागोशिमामा फेरि एउटा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ ।

जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो ।

एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरु अनुसार बिस्फोटबाट ज्वालामुखीमा जलेका ठूला चट्टानहरु करिब दुई किलोमिटर टाढासम्म पुगेका थिए ।

उक्त टापुमा आवासीय क्षेत्र समेत छ । उक्त क्षेत्र विस्फोट भएको स्थानभन्दा ४ किलोमिटर टाढा मात्रै छ । स्थानीय अधिकारीहरूका अनुसार उक्त टापुमा ८१ जना बासिन्दा रहेका थिए । त्यहांको अवस्थाबारे थप विवरण आउन बांकी रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।