
कलैया, १२ पुस । प्रचण्ड–माधव समूहका नेता एवं पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद विघटन हुनै नसक्ने बताएका छन् ।
बाराको कलैयामा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले जनताले दिएको दुइतिहार्इ मतको प्रधानमन्त्री ओली अपमान गरेको समेत बताए ।
संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएकाले त्यसको बिरुद्धमा लाग्न कार्यकर्तालाई उनले निर्देशन पनि दिएका छन् । ‘संबिधानले प्रधानमन्त्रीलाई संसद बिघटन गर्ने अधिकार दिएको छैन’, पोखरेलले भने, ‘उहाँहरुले टेक्नु भएको संबिधानको धाराबाट संसद बिघटन हुनै सक्दैन ।’
प्रधानमन्त्री ओली निरंकुशतातर्फ अगाडि बढेकाले त्यसलाई रोक्न सडक संघर्षमा जानु परेको स्पष्ट पारे ।















प्रतिक्रिया