
काडमाडौं, १२ पुस । बहुल राष्ट्रिय मञ्चले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गर्नका लागि तत्काल सत्ता सुम्पन माग गरेको छ ।
मञ्चले आज आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राष्ट्रलाई सुव्यवस्थित बनाउन मध्यावधि चुनावी सरकार गठनको मार्ग प्रशस्त गर्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेको छ ।
बहुल राष्ट्रिय मञ्चका अध्यक्ष राम मगरले बहुमतको सरकार असफल भइसकेकाले चुनावका लागि नयाँ सरकार गठन अनिवार्य भएको बताए । उनले देश अभिभावकबिहिन भएको समेत आरोप लगाए । अब चुनाव गर्नका लागि प्रधानमन्त्री ओलीले सत्ता सुम्पनुपर्ने बताएका छन् ।
मगरले आफूहरुलाई सत्ता सुम्पिएमा चुनाव निष्पक्ष, स्वतन्त्र र धाँधलीरहितत रिकाले गरेर देखाइदिने दाबी समेत गरे ।















प्रतिक्रिया