
काठमाडौं, १२ पुस । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८१ जना नयाँ संक्रमित थप भएका छन् ।















प्रतिक्रिया