३ कार्तिक २०८३, मंगलबार

कोरोना भाइरसको संक्रमणबाट नेपालमा १८२५ जनाको मृत्यु, २४ घण्टामा ६ जनाले गुमाए ज्यान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ पुस । पछिल्लो २४ घण्टामा देशभर ६ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४८१ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ३ हजार ८२४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १९ लाख ९ हजार ६५४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ६ हजार ४९३ जना आइसोलेसन र ३६९ जना क्वारेन्टिनमा छन् ।