२९ आश्विन २०८३, बिहिबार

पाथीभरा क्षेत्रको बनलाई धार्मिक बन बनाउन पहल शुरु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रविन भट्टराई
Pathivaraताप्लेजुङ । ताप्लेजुङको उत्तरी क्षेत्रमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको बनलाई संरक्षण गर्दै धार्मिक बन निर्माणका लागि शिफारीस गरिने भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रकास पौडेलको पहलमा पाथीभरा क्षेत्रका सामुदायिक बनका पदाधिकारी, सम्बन्धत निकायका प्रमुख र सञ्चारकर्मीको सहभागितामा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पाथीभरा मार्ग अन्तरर्गत माथिल्लो फेदीको प्रहरी चौकी देखि पाथीभरा मन्दिर सम्मको क्षेत्रलाई धार्मिक बनका लागि बन विभागमा शिफारिसनिर्णय गरेको हो ।

पाथीभरा क्षेत्रमा खोलिएका होटलहरुमा मनपरी दर रेट भएको गुनासो आएकाले एक महिना भित्र सबै होटलमा देखिने गरी सहुलियत दर रेट तोक्न पनि बैठकमा सो क्षेत्रका व्यवसायी सहमत भएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले एक महिना भित्र दर रेट कायम गरीएको भएन नभएको अनुगमन गर्ने समेत बताउनुभयो ।

पाथीभरा क्षेत्रको विकास र व्यवस्थापनका लागि काम गर्दै आएको स्थानीय समिति पाथीभरा देवि मन्दिर संरक्षण तथा सम्बद्र्धन समितिले यस क्षेत्रमा उठ्ने सहयोग र भेटिको पारदर्शिता नगरेको गुनासो बारम्बार आउने गरेको भन्दै बैठकमा भेटि र सहयोगलाई पारदर्शी गर्ने विषयमा पनि छलफल भएको छ । समितिले साउन महिना भित्र साधारण सभा गर्ने गरी समेत सहमति भएको छ ।

छलफल पछि समितिले प्रत्येक महिना उठेको भेटि र सहयोग लाई स्थानीय दुईवटा रेडियो र अनलाईनबाट सार्बजनिक गर्ने प्रतिबद्धता जनाएको प्रजिअ पौडेलले बताउनुभयो । रेडियोबाट रेडियोको प्रसारण स्थानका स्थानीय सबैले सुन्न सक्ने र अनलाईनबाट विश्वभर रहेका चासो दिनेले हेर्न सक्ने भएको कारण सञ्चार माध्यमबाट सार्वजनिक गर्न लागिएको हो ।